ब्राजिल फर्किए सान्ड्रो
मंगलबार, ११ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। ब्राजिलियन क्लब फ्लामेन्गोले युभेन्टसका पूर्वडिफेन्डर एलेक्स सान्ड्रोलाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको छ।
फ्लामेन्गोले सन् २०२२ को विश्वकपमा ब्राजिलका लागि खेलेका ३३ वर्षीय लेफ्ट ब्याकसँग २०२६ को अन्त्यसम्मका लागि सम्झौता गरेको बताएको छ।
सान्ड्रोले गत मेमा युभेन्टस छाडेका थिए। उनले पाँच पटक सिरी‘ए’ को उपाधि जितेका छन्। सन् २०१९ मा ब्राजिलबाट कोपा अमेरिकाको उपाधि उचालेका थिए उनले पछिल्लो विश्वकपमा ब्राजिलका लागि तीन खेल खेलेका थिए।
फ्लामेन्गो ब्राजिलियन लिग उपाधिको दाबेदार हो।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)