कोलम्बियाली फुटबल महासंघका अध्यक्ष र उनका छोरा रिहा
मंगलबार, ११ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। कोपा अमेरिकाको फाइनलमा एक सुरक्षा गार्डलाई कुटेको आरोपमा कोलम्बियाली फुटबल महासंघका अध्यक्ष रामोन जेसुरुन र उनका छोरालाई रिहा गरिएको छ। पक्राउ गरिएको एक महिनाभन्दा बढी समयपछि उनीहरूलाई सोमबार रिहा गरिएको हो।
जेसुरुनका छोरा रेमन जेसुरुन जुनियरविरुद्ध पनि आरोप लगाइएको छ, जसलाई नोभेम्बरमा मुद्दा चलाइने छ । कोपाअन्तर्गत अर्जेन्टिना र कोलम्बियाबीचको फाइनलमा स्टेडियमका सुरक्षा गार्डलाई पिटेको आरोप लागेपछि जेसुरुन र उनका छोरा दुवैलाई पक्राउ गरिएको थियो।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)