साफको फाइनल दशरथ रंगशालामा नहुने
सोमबार, १० भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। साफ यु–२० च्याम्पियनसिप २०२४ को फाइनल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नहुने भएको छ। फाइनलमा नेपाल र बंगलादेश बुधबार भिड्दै छन्।
लगातारको वर्षा र दशरथ रंगशालाको भिजेको आउटफिल्डलाई मध्यनजर गर्दै फाइनल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सारिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।
‘म्याच कमिशनर र रेफ्रीको यो निर्णय गरेपछि खेल सारिएको हो,’ एन्फाले भनेको छ। फाइनल खेल भन दिउँसो २:३० बजे सुरु हुने छ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)