भारतलाई टाइब्रेकरमा हराउँदै बंगलादेश फाइनलमा
सोमबार, १० भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। डिफेन्डिङ च्याम्पियन भारतलाई टाइब्रेकरमा पराजित गर्दै बंगलादेशबीच साफ यु–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ को बराबरी खेलेपछि विजेताको टुङ्गो टाइब्रेकरबाट गरिएको थियो। जसमा बंगलादेशले ४–३ ले भारतलाई पाखा लगायो।
टाइब्रेकरमा परमवीर, ग्वाङ्गसार गोएरी र मनजोत सिंहले गोल गरे। तर, केल्भिन सिंह र आकाशको प्रहार मोहम्मद आसिफले रोके। बंगलादेशका अहमेद नोभा, मोइनुल स्लाम, साकिल तोपु र मोहम्मद आसिफले गोल गरे।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)