डिफेन्डिङ च्याम्पियन भारतविरूद्व बंगलादेशलाई अग्रता
सोमबार, १० भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। साफ यु–२० च्याम्पियनसिपअन्तर्गत दोस्रो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन भारतविरूद्व बंगलादेशले अग्रता लिएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफमा बंगलादेशले १–० को अग्रता लिएको हो।
१२औं मिनेटमा ग्वासार ग्वारीले प्राप्त अवसर खेर फ्याँके। इबिन दास यसुदासनले दिएको बललाई ट्याप इन गर्दै ग्वारीले बल भेट्टाएका थिए। तर, पेनाल्टी बक्सबाट गरेको प्रहार बंगलादेशका गोलरक्षक मेहदी हसनले बचाए।
३६औं मिनेटमा भारतकम केल्भिन सिंहले लामो पासबाट गरेको प्रहार बंगलादेशी गोलकिपरले बचाए। तर, त्यसको एक मिनेटमै बंगलादेश अग्रता लिन सफल भयो।
लेफ्ट साइडबाट विंगर हुसेन राहुलले दोस्रो बार च्याप्दै गरेको प्रहार भारतका गोलकिपर प्रयांसु दुबेले ड्राइभ गर्दै बचाएका थिए। तर, सिक्स यार्ड बक्सभित्र रहेका असदुल मोल्लाले वान टचमा उक्त बल जाली चुमाए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)