एट्लेटिकोको पहिलो जित

काठमाडौं। एन्टोनी ग्रिजम्यान, मार्कोस लोरेन्टे र कोकको गोलको मद्दतमा एट्लेटिको मड्रिडले आइतबार राति भएको खेलमा जिरोनामाथि ३–० को जित निकालेको छ।
एट्लेटिकोले सिभिटास मेट्रोपोलिटानो स्टेडियममा ठोस प्रदर्शन गर्दै गत सिजनको खराब लयबाट पुनरागमन गरेको थियो। लिगको पहिलो खेलमा भिल्लारियलसँग बराबरी खेलेको उसले चार अंक जोडेको छ।
३९औं मिनेटमा जिरोनाका गोलकिपर पाउलो गाजानिगाले पहेंलो कार्ड पाए। डिबक्स बाहिरबाट बल समातेपछि ग्रिजम्यानले फ्रिकिकलाई तल्लो कर्नरमा गोल गरे। ‘किपर कहाँ उभिएको छ भनेर हेर्न पर्खिरहेको थिएँ र मैले देखें टाढाको पोस्टमा थोरै ग्याप थियो र भाग्यले साथ दिँदा बल भित्र गयो,’ ग्रिजम्यानले भने।
लोरेन्टेले ब्रेकको तीन मिनेटपछि लामो दूरीको प्रयासमा गोल गर्दै अग्रता दोब्बर बनाए। दोस्रो हाफको सुरुआतमा मैदान प्रवेश गरेका कोकले सन् २०२१–२२ को सिजनपछि पहिलो गोल गर्दै सहज जित सुनिश्चित गरे। उनले लोरेन्टेको क्रसमा इन्जुरी समयमा ट्याप–इनमार्फत गोल गरेका थिए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)