फाइनल प्रवेश गर्न नेपाल र भुटान भिड्दै

काठमाडौं। घरेलु टोली नेपालले आइतबार साफ यु–२० च्याम्पियनसिपको फाइनल प्रवेश गर्न भुटानसँग प्रतिस्पर्धा गर्दैछन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल अपरान्ह्र ३ बजे सुरु हुनेछ।
समूह ‘बी’ को अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १-० ले पराजित गरेपछि नेपालले सेमिफाइनलमा भुटान प्रतिद्वन्द्वी पाएको हो।
नेपालले श्रीलंकालाई १–० र बंगलादेशलाई २–१ ले पराजित गर्दै ६ अंक जोड्यो। बंगलादेशले भने श्रीलंकालाई २–० ले हराउन सफल भयो। साबिक उपविजेता बंगलादेश समूह चरणमा तीन अंकमै खुम्चियो। अर्को टोली श्रीलंका भने अंकविहीन हुँदै घर फर्किसकेको छ।
यद्यपि, समूह ‘बी’ मा भने भारत विजेता बन्यो। भारत ६ अंकसहित शीर्ष स्थानमा रह्यो। भुटान तीन अंकसहित समूह उपविजेता बन्यो। माल्दिभ्सले भने अंकविहीन रह्यो। भारतलाई सेमिफाइनल पुग्न बराबरीको नतिजा नै पर्याप्त थियो। तर, माल्दिभ्सलाई भने गर या मरको स्थितिमा मैदान उत्रिएको थियो। उसलाई जितको विकल्प थिएन।
भारतले अब सेमिफाइनलमा साबिक उपविजेता बंगलादेशसँग सोमबार प्रतिस्पर्धा गर्नेछ। अघिल्लो संस्करणमा बंगलादेशलाई पराजित गर्दै भारतले उपाधि जितेको थियो।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)