पिएसजीको लगातार दोस्रो जित
शनिबार, ०८ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। पेरिस सेन्ट जर्मेन (पिएसजी)ले लिग वानमा लगातार दोस्रो जित दर्ता गरेको छ।
पार्क डे प्रिन्सेसमा शुक्रबार राति भएको खेलमा पिएसजीले मोन्टपेलियरलाई ६-० ले पराजित गरेको हो।
जितसँगै पिएसजीले दुई खेलबाट ६ अंक जोडेको छ। मोन्टपेलियरको भने समान खेलबाट १ अंक छ।
पिएसजीको जितमा ब्राडली बारकोलाले दुई गोल गरे। मार्को एसेन्सियो, अचराफ हाकिमी, वारेन इमरी र ली काङ इनले समान एक गोल थपे।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)