भारत र बंगलादेशको भेट सेमिफाइनलमै
शुक्रबार, ०७ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। डिफेन्डिङ च्याम्पियन भारतले साफ यु–२० च्याम्पियनसिपमा फाइनल प्रवेश गर्न बंगलादेशसँग प्रतिस्पर्धामा गर्ने भएको छ।
गत संस्करणमा भारतले पेनाल्टी सुटआउटमा बंगलादेशलाई पराजित गर्दै उपाधि जितेको थियो।
समूह ‘बी’ को अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १-० ले पराजित गर्यो। सो नतिजासँगै भारतले सेमिफाइनलमा बंगलादेश प्रतिद्वन्द्वी पाएको हो।
बंगलादेशले श्रीलंकालाई २–० ले पराजित गरेको थियो। तर, नेपालसँग भने बंगलादेश २–१ ले पराजित हुँदै समूहको उपविजेता बन्यो।
यद्यपि, समूह ‘बी’ मा भने भारत विजेता बन्यो। भारत ६ अंकसहित शीर्ष स्थानमा रह्यो।
भुटान तीन अंकसहित समूह उपविजेता बन्यो।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)