मेसीले विश्वकप छनोटका दुई खेल गुमाउने
मंगलबार, ०४ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। अर्जेन्टिनाका स्टार फुटबलर लिओनल मेसीले फिफा विश्वकप छनोटका दुई खेल गुमाउने भएका छन्। चोटका कारण ३७ वर्षीय मेसीले चिली र कोलम्बियाविरुद्धको खेल गुमाउने भएका हुन्।
विश्वकप छनोटअन्तर्गत साबिक विजेता अर्जेन्टिनाले सेप्टेम्बर ५ मा चिलीसँग खेल्ने छ। त्यसको पाँच दिनपछि कोलम्बियासँग प्रतिस्पर्धा गर्ने छ। गत महिना अमेरिकामा भएको कोपा अमेरिकाको फाइनलमा उनलाई खुट्टामा चोट लागेको थियो।
त्यही कारण अर्जेन्टिना एफएले छनोटका लागि घोषणा गरेको टोलीमा उनलाई २८ सदस्यीय समावेश गरिएको छैन। यद्यपि, उनी मेजर लिग सकर टोली इन्टर मायामीसँगै रहेका छन्। त्यही रिकभरीका लागि उनी प्रयास गर्दै छन्।
प्रशिक्षक लियोनेल स्कालोनीले कोपा अमेरिकापछि सन्न्यासको घोषणा गरेका एन्जेल डि मारियासँगै रिभर प्लेटका गोलकिपर फ्रान्को अरमानी पनि टोलीबाट बाहिर राखेका छन्।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)