भुटानमाथि भारतको संघर्षपूर्ण जित
सोमबार, ०३ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। साबिक विजेता भारतले साफ यु–२० च्याम्पियनसिपमा संघर्षपूर्ण जितसहित उपाधि रक्षा यात्रा सुरुआत गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा भारतले भुटानविरूद्व १–० को जित हासिल गरेको हो। भारतका लागि मोनिरूल मोल्लले गोल गरे। उनले ३७औं मिनेटमा गोल गरेका थिए।
उनले कर्नरबाट आएको बललाई हेडरमार्फत जाली चुमाएका हुन्।
दोस्रो हाफमा भारत ९ र भुटान १० खेलाडीमा समेटियो। फ्रिकिक लिँदा मार्क बस्ने विषयमा हात हालाहाल हुँदा प्रम्भिर भानलालपेका गुइेले रातो कार्ड पाए।
भुटानका किन्ले ग्यालतासेनले पनि रातो कार्ड पाए। तर, दुवै टोलीले त्यसको फाइदा उठाउन सकेनन्।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)