पहिलो हाफमा भुटानीमाथि भारतलाई अग्रता
सोमबार, ०३ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। साबिक विजेता भारतले साफ यु–२० च्याम्पियनसिपको पहिलो हाफमा अग्रता लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा भारतले भुटानविरूद्व १–० को अग्रता लिएको हो।
भारतका लागि मोनिरूल मोल्लले गोल गरे। उनले ३७औं मिनेटमा गोल गरेका थिए। उनले कर्नरबाट आएको बललाई हेडरमार्फत जाली चुमाएका हुन्।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)