नासरले गुमायो साउदी सुपर कपको उपाधि
आइतबार, ०२ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। अल नासरलाई पराजित गर्दै साउदी सुपर कपको उपाधि अल हिलालले जितेको छ।
प्रिनसी सुल्तान बिन अब्दुल अजिज स्टेडियम शनिबार भएको फाइनलमा अल हिलालले नासरलाई ४–१ गोल अन्तरले पराजित गरेको हो।
पहिलो हाफमा १–० ले पछि परेको अल हिलालले दोस्रो हाफमा सानदार पुनरागमन गर्दै चार गोल गर्न सफल भयो। ४४औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्दै अल नासरलाई सुरुआती अग्रता दिलाएका थिए। तर, उक्त अग्रता दोस्रो हाफमा जोगाउन नसक्दा अल नासर उपविजेतामा सिमित बन्यो।
हिलालका अलेक्जेन्डर मित्रोभिचले दुई गोल गरे। त्यस्तै, सर्गेज मिलिन्कोभिच र माल्कमले अरु दुई गोल थपे।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)