आर्सनल विजयी
शनिबार, ०१ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। आर्सनलले इङ्लिस प्रिमियर लिगमा विजयी सुरुआत गरेको छ।
घरेलु मैदान इमिरेट्स स्टेडियममा शनिबार भएको खेलमा उल्भ्समाथि २–० गोलको जित हासिल गरेको हो। जितसँगै आर्सनलले तीन अकं जोड्दै सुखद सुरुआत गरेको छ।
आर्सनलको जितमा काइ हाभर्ट्ज र बुकायो साकाले गोल गरे। साकाले उपलब्ध गराइदिएको क्रसमा २५औं मिनेटमा हावर्ट्जेले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाए।
दोस्रो हाफमा आर्सनलले एक गोल थप्यो। ७४औं मिनेटमा साकाले अग्रता दोब्बर बनाए। उनलार्इ काइले गोलका लागि अबसर दिलाइदिएका हुन्। त्यसपछि कुनै टोलीबाट गोल हुन सकेन।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)