लिभरपुलको विजयी सुरुआत
शनिबार, ०१ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। लिभरपुलले इङ्लिस प्रिमियर लिगमा विजयी सुरुआत गरेको छ।
पोटम्यान रोडमा शनिबार भएको खेलमा लिभपुलले घरेलु मैदान इप्स्विच टाउनलाई २–० ले पराजित गरेको हो। योसँगै आर्ने स्लटको प्रशिक्षणमा रहेको लिभरपुलले तीन अंक जोड्दै लिगमा सुखद सुरुआत गरेको छ।
लिभरपुलको जितमा डियोगो जोटा र मोहम्मद सलाहले गोल गरे। पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको थियो। जोटाले ६०औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाए।
६५औं मिनेटमा सलाहले अग्रता दोब्बर बनाए। त्यसपछि बाँकी समयमा गोल नहुँदा लिभरपुल खेलमा विजयी भयो।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)