उगोचुकवु साउथह्याम्पटमा अनुबन्ध

काठमाडौं। साउथह्याम्पटनले चेल्सीका मिडफिल्डर लेस्ली उगोचुकवुलाई एक सिजनका लागि लोनमा अनुबन्ध गरेको छ।
२० वर्षीय उगोचुकवु गत वर्ष फ्रेन्च क्लब स्टेड रेनेसबाट ३० मिलियन युरो (३३.०८ मिलियन अमेरिकी डलर) मा चेल्सीमा आबद्ध भएका थिए। उनले वेस्ट लन्डन क्लबका लागि १५ खेल खेलिसकेका छन्।
रेनेस एकेडेमीको उत्पादन उगोचुकवुले २०२१ मा डेब्यू गरेका थिए। उक्त क्लबबाट उनले ६० खेल खेलेका छन्। ‘साउथह्याम्पटनको राम्रो इतिहास छ,’ फ्रान्सका २१ वर्षमुनिका अन्तर्राष्ट्रिय खेलाडीले भने,‘धेरै महान् खेलाडीहरू यहाँ आए र साउथह्याम्पटनका लागि खेलेका छन्। त्यसैले म अहिले टोलीको हिस्सा हुन पाउँदा धेरै खुसी छु।’
साउथह्याम्पटनले एस्टन भिल्लाबाट फरवार्ड क्यामरुन आर्चरलाई पनि १ करोड ५० लाख पाउन्ड (१ करोड ९४ लाख २० हजार अमेरिकी डलर) मा चार वर्षका लागि अनुबन्ध गरेको छ। इङ्लिस प्रिमियर लिग (इपिएल) अन्तर्गत शनिबार न्युक्यासल युनाइटेडसँग खेल्दैछ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)