युनाइटेड र फुलह्याम भिड्दै
शुक्रबार, ३२ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। इङ्लिस प्रिमियर लिगको नयाँ सिजन शुक्रबारदेखि सुरु हुँदैछ।
रातिबाट सुरु हुने लिगको पहिलो खेलमा प्रिमियर लिगको सर्वाधिक सफल क्लब म्यानचेस्टर युनाइटेडले फुलह्यामको सामना गर्दैछ। २० पटकको च्याम्पियन युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुने खेल नेपाली समयअनुसार राति १२:४५ बजेबाट सुरु हुनेछ।
गत सिजन आठौं स्थानमा रहँदै लिग सक्काएको युनाइटेड सुखद नतिजासहित सिजन सुरुआत गर्ने योजनामा छ। १३औं स्थानमा रहँदै लिग अन्त्य गरेको पाहुना टोली फुलह्याम भने युनाइटेडलाई निराश बनाउँदै पहिलो खेलबाटै तीन अंक जोड्ने दाउमा रहने छ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)