होन्डाले जर्सी र बुट ‘गिभवे’ गर्ने
शुक्रबार, ३२ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। भुटानी क्लब पारो एफसीका कप्तान केइसुके होन्डाले एएफसी च्यालेन्ज लिग प्लेअफअन्तर्गत चर्च ब्वाइज युनाइटेडविरुद्ध खेल्दा लगाएको जर्सी र बुट ‘गिभवे’ गर्ने भएका छन्।
गत मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पारोले चर्च ब्वाइजलाई २-१ ले पराजित गर्दै च्यालेन्ज लिगको समूहचरणमा स्थान बनाएको थियो। तीनपल्ट विश्वकप खेलिसकेका होन्डाले उक्त खेल ९० मिनेट नै खेलेका थिए।
उक्त खेलमा चार नम्बरको जर्सी लगाएर उनी मैदान उत्रिएका थिए। ‘भुटानका तीन जनालाई मेरो जर्सी र बुट गिभवे गर्छु,’ उनले टिकटकमा भनेका छन्। ती भाग्यशाली तीनलाई डाइरेक्ट मेसेज गरेर एक हप्तापछि जर्सी र बुट ‘गिभवे’ गर्ने उनले जानकारी दिएका छन्।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)