ओस्कारले प्रिमियर लिगका सुरुआती खेल गुमाउने
बिहिबार, ३१ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। म्यानचेस्टर सिटीका विंगर ओस्कार बोबले इङ्लिस प्रिमियर लिग (इपिएल)का सुरुआती खेल गुमाउने भएका छन्।
बेलायती सञ्चारमाध्यमका अनुसार नर्वेका खेलाडीलाई यसै साता प्रशिक्षणका क्रममा चोट लागेको छ। उनको खुट्टाको हड्डी भाँचिएको बताइन्छ।
सिटीले २१ वर्षीय बोबको चोटको सार्वजनिक रूपमा पुष्टि गर्न बाँकी छ। उनले प्रि सिजनमा प्रभाव पारेका थिए र आइतबार चेल्सीविरुद्धको खेलमा उनले दायाँ विंगबाट खेल्ने सम्भावना थियो।
शनिबार भएको कम्युनिटी शिल्डमा म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा हराउँदै सिटीले उपाधि जित्दा उनी लगभग पूरा समय खेलेका थिए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)