डी लिग्ट र माजराउईको जोडी युनाइटेडमा

काठमाडौं। म्यानचेस्टर युनाइटेडले जर्मन क्लब बायर्न म्युनिखका डच सेन्टर ब्याक म्याथिज डी लिग्ट र मोरक्कोका फुलब्याक नुसैर माजराउईलाई अनुबन्ध गरेको छ। डी लिग्ट सन् २०२९ को जुन र माजराउई जुन २०२८ सम्म युनाइटेडमा रहनेछन्।
बेलायती सञ्चारमाध्यमका अनुसार यो जोडीलाई ५ ० मिलियन पाउण्ड (६४.३२ मिलियन अमेरिकी डलर) भन्दा बढीको शुल्कमा अनुबन्ध गरिएको हो। दुवै खेलाडीलाई थप एक वर्ष सम्झौता थप गर्ने विकल्प दिइएको छ।
यो जोडीले डच अजाक्स एम्स्टर्डममा आफ्नो युवा क्यारियर सुरु गरेका थिए। उनीहरूले सन् २०१८–१९ मा अजाक्सबाट इरेडिभिसी, २०१९–२० मा युभेन्टसबाट सिरी ए र २०२२–२३ मा बायर्नबाट बुन्डेसलिगाको उपाधि जितेका छन्।
सन् २०२२ मा अजाक्सबाट बायर्नमा आबद्ध भएका २६ वर्षीय माजराउईले बुन्डेसलिगा र डीएफएल–सुपरकप जितेर सबै प्रतियोगितामा ५५ खेल खेलेका थिए। उनी गत सिजन चोटका कारण केही समय मैदानबाहिर थिए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)