अर्को नौ वर्षसम्म चेल्सीमै रहनेछन् पाल्मर

काठमाडौं। स्ट्राइकर कोल पाल्मरले इङ्लिस प्रिमियर लिग क्लब चेल्सीसँग सन् २०३३ सम्मका लागि सम्झौता थप गरेका छन्।
पामर गत वर्ष सेप्टेम्बरमा म्यानचेस्टर सिटीबाट चेल्सी भित्रिएका थिए। उनी प्रिमियर लिगका उत्कृष्ट खेलाडीहरूमध्ये एक हुन्। उनले गत सिजन २२ गोल गरेका थिए। सिटीका एर्लिंग हालान्ड मात्रै गोल संख्यामा उनीभन्दा अगाडि रहे। युरो कप २०२४ मा इङ्ल्यान्डलाई फाइनलमा पुर्याउन पनि उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए।
यद्यपि, इङ्ल्यान्ड फाइनलमा स्पेनसँग २–१ ले पराजित भयो। उक्त खेलमा २२ वर्षीय पामरले वैकल्पिक खेलाडीका रुपमा इङ्ल्यान्डका लागि गोल गरेका थिए।
उनी अब अर्को नौ वर्षका लागि चेल्सीमा अनुबन्धित भएका छन्। चेल्सीले युवा खेलाडीहरूलाई दीर्घकालीन सम्झौतामा बाँध्ने नीतिलाई निरन्तरता दिइरहेका छन्। ‘मेरो पहिलो सिजनमा धेरै कुरा हासिल गरें,’ उनले भने, ‘आशा छ चेल्सीलाई सफलता र ट्रफी दिलाउन भूमिका खेल्नेछु।’
पामर प्रोफेसनल फुटबलर्स एसोसिएसन प्लेयर अफ द इयरका लागि ६ जनाको सर्टलिस्टमा परेका छन्। विजेताको घोषणा अगस्ट २० मा गरिनेछ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)