एक मिनेटमै खेलमा फर्कियो पारो

काठमाडौं। एएफसी च्यालेन्ज कपअन्तर्गत प्रारम्भिक छनोटमा चर्च ब्वाइज युनाइटेड र पारो एफसीबीच जारी पहिलो हाफको खेल १-१ गोलबो बराबरीमा सकिएको छ।
खेलको नवौं मिनेटमै पारोले गोलको अवसर बनाएको थियो। किङ्गा वाङचुकले प्रहार गरेको बललाई चर्च ब्वाइजका डिफेन्डरले क्लियर गर्ने प्रयास गरेका थिए। तर, उक्त बल राम्ररी क्लिअर हुन नसक्दा रिबान्डमा आएको बललाई विलियम ओपकुले प्रहार गरेपनि बारमा लागेर फर्किएको थियो।
३१औं मिनेटमा होन्डाले गरेको प्रहार गरेको फ्रिकिक बारमा लागेर फर्कियो। ३७औं मिनेटमा एरिक विष्टले प्रहार गरेको कर्नर किकलाई शनिसले कट हेडिङ प्रहार गरेपनि बारभन्दा टाढाबाट बाहिरियो। ३९औं मिनेटमा लाकेन लिम्बूले चर्च ब्वाइजलाई सुरुआती अग्रता दिलाए। मोसेस टुमले मिलाइदिएको पासमा उनले गोल लाइननजिकबाट गरेको प्रहार गोलमा परिणत भयो। एक मिनेटपनि नबित्दै किङ्गा वाङ्चुङले गोलरक्षक दीप कार्की बिट भइसकेको अवस्थामा गोल गर्दै खेल बराबरीमा ल्याए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)