ताकेहिरो एक साता मैदान बाहिर रहने
सोमबार, २८ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले डिफेन्डर ताकेहिरो तोमियासुबिना मैदान बाहिर रहने बताएका छन्।
२५ वर्षीय तोमियासु चोटका कारण आर्सनलको प्रि–सिजन टुरबाट बाहिरिएका थिए भने आइतबार लन्डनमा लियोनमाथि २–० को जित निकाल्दा पनि उनी अनुपस्थित थिए।
तोमियासुको चोटबारे आर्टेटाले भने, 'उनी एक हप्तापछि मैदान फर्किन सक्नेछन्। त्यतिन्जेल उनले धैर्य राख्नुपर्छ।'
नेदरल्यान्ड्सका डिफेन्डर जुरियन टिम्बरले घुँडाको चोटका कारण आइतबारको खेल गुमाएका थिए। तर, अर्को साता पुनः पहिलो टोलीमा सामेल हुने अपेक्षा गरिएको अर्टेटाले बताए।
गत सिजनको उपविजेता आर्सनलले शनिबार घरेलु मैदानमा उल्भरह्याम्पटन वान्डरर्सविरुद्ध खेल्दै प्रिमियर लिगको पहिलो खेल खेल्दैछ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)