अन्तिम मैत्रीपूर्ण खेलमा लिभरपुललाई निराशाजनक नतिजा
सोमबार, २८ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। प्रि–सिजनको अन्तिम मैत्रीपूर्ण खेलमा लस पाल्मससँग लिभरपुल गोलरहित बराबरीमा रोकिएको छ।
आइतबार राति भएको खेलमा लिभरपुल गोलरहित बराबरीमा रोकिएको हो। लिभरपुलले पाल्मरसँग एन्डी रोबर्टसन, हार्वो इलियट, डार्विन नुनेज र कोडी गाक्पोजस्ता खेलाडीलाई मैदान उतारेको थियो।
यद्यपि, लिभरपुलले एकै दिन भएको दोस्रो खेलमा भने जित निकाल्न सकेन। आइतबार नै भएको पहिलो मैत्रीपर्ण खेलमा भने लिभरपुलले सेभिलालाई ४-१ ले पराजित गरेको थियो।
यो खेलमा मुख्य गोलरक्षक एलिसनसहित भर्जिल भ्यान डाइक, ट्रेन्ट अलेक्जेन्डर-अर्नोल्ड, एलेक्सिस म्याक एलिस्टर, मोहम्मद सलाह, डियोगो जोटा र लुइस डियाज मैदान उत्रिएका थिए।
लिभरपुलले अर्को शनिबार इप्विच टाउनसँग खेल्दै प्रिमियर लिगको सुरुआत गर्नेछ। इप्विच टाउन यसै सिजन प्रिमियर लिगमा उक्लिएको हो।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)