उगोचुकवुको गोलमा जोगियो चेल्सी
सोमबार, २८ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। लेस्ली उगोचुकवुले अन्तिम समयको गोलसँगै घरेलु टोली चेल्सी प्रि-सिजन मैत्रीपूर्ण खेलमा हारबाट जोगिएको छ।
स्टामफोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा चेल्सी पाहुना टोली इन्टर मिलानसँग १-१ को बराबरीमा रोकिएको हो। इन्टरका मार्कस थुर्रमले गोल गरे। चेल्सीका लेस्ली उगोचुकवुले गोल फर्काए।
२६औं मिनेटमा थुर्रमको गोलसँगै इन्टरले सुरुआती अग्रता लिएको थियो। जाओक्विन कोरेयाको पासमा उनले सुन्दर गोल गरेका थिए।
तर, निर्धारित समय सकिन केही सेकेन्ड बाँकी रहँदा उगोचुकवुले गोल गर्दै चेल्सीलाई हारबाट जोगाए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)