रोहितको टोरन्टो ग्लोबल ट्वान्टी-२० को फाइनलमा
आइतबार, २७ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरन्टो नेसनल ग्लोबल ट्वान्टी-२० क्यानाडाको फाइनलमा प्रवेश गरेको छ।
ब्राम्पटन उल्भ्सलाई पाँच विकेटले पराजित गर्दै टोरन्टो उपाधिनजिक पुगेको हो। यद्यपि, यो खेलमा रोहित भने प्लेइङ ११ मा पर्न सकेनन्।
ब्राम्पटनले दिएको १४१ रनको लक्ष्य पछ्याएको टोरन्टोले १० बल बाँकी रहँदै पाँच विकेट गुमाउँदै १४३ रन बनायो।
फाइनलमा टोरन्टोले मन्ट्रियल टाइगर्ससँग प्रतिस्पर्धा गर्नेछ। खेल अगस्ट २४ मा हुनेछ।









