प्लेमेकर ओल्मो बार्सिलोनामा अनुबन्ध
शुक्रबार, २५ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। बार्सिलोनाले जर्मन क्लब आरबी लाइपजिगबाट प्लेमेकर डानी ओल्मोलाई अनुबन्ध गरेको छ।
स्पेनका २६ वर्षीय ओल्मो सन् २०१४ मा क्रोएसियाको डिनामो जाग्रेबमा आबद्ध भएका थिए। त्यसअघि उनले युवास्तरमा स्पेनिस क्लबबाट खेलेका थिए। ६० मिलियन युरो (५१ मिलियन पाउन्ड) को सम्झौतामा उनी बार्सिलोना फर्केका हुन्।
ओल्मोले बार्सिलोनासँग ६ वर्षको सम्झौता गरेका छन्। उनले युरो कप २०२४ मा तीन गोल गर्दै स्पेनलाई कीर्तिमानी चौथो पटक प्रतियोगिता जिताउन मद्दत गरेका थिए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)