इजिप्टलाई हराउँदै मोरक्कोले जित्यो कांस्य
शुक्रबार, २५ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। सुफियान रहिमीको दुई गोलसँगै मोरक्कोले पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष फुटबलमा तेस्रो भएको छ।
बिहीबार राति तेस्रो स्थान अर्थात् कांस्य पदकका लागि भएको खेलमा मोरक्कोले इजिप्टलाई ६-० ले पराजित गरेको हो। ओलम्पिकमा मोरक्कोले जितेको यो पहिलो पदक हो। सेमिफाइनलमा मोरक्को स्पेनसँग र इजिप्ट फ्रान्ससँग पराजित भएका थिए।
२३औं मिनेटमै अब्दे इज्जलजौलीले गोल गर्दै मोरक्कोलाई सुरुआती अग्रता दिलाए। २६औं मिनेटमा रहिमीले उक्त अग्रता दोब्बर बनाए।
५१औं मिनेटमा बिलाल खनौसले अग्रता ३-० मा पुर्याए। त्यसको १३ मिनेटपछि रहिमीले व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गरे।
७३औं मिनेटमा अक्रम नकचले गोल गरे। ८७औं मिनेटमा अचराफ हाकिमीले गोल गर्दै ६-० को जित दिलाए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)