मोराटा र रोड्रीमाथि एक खेलको प्रतिबन्ध

काठमाडौं। युरो कप २०२४ च्याम्पियन स्पेनसका कप्तान अल्भारो मोराटा र रोड्रीलाई एक खेलमा प्रतिबन्ध लगाइएको छ।
गत महिना युरो कप जितेपछि विजयी र्यालीमा जिब्राल्टरमाथिको सार्वभौमिकताको दाबी गर्दै गीत गाएपछि युरोपियन च्याम्पियनको पहिलो खेलमा उनीहरूलाई बुधबार प्रतिबन्ध लगाइएको हो।
युरो कप फाइनलमा इङ्ल्यान्डलाई २–१ ले हराएको एक दिनपछि मोराटा र रोड्रीले मड्रिडमा 'जिब्राल्टर इज स्पेनिस' गीत गाएका थिए। युइएफएको अनुशासनात्मक प्यानलले यी दुई खेलाडीलाई सेप्टेम्बर ५ मा नेसन्स लिगमा सर्बियाविरुद्धको खेलमा प्रतिबन्ध लगाएको हो।
जिब्राल्टर, जुन स्पेनको दक्षिणी सिरेमा छ। यो देश ३०० वर्षभन्दा बढी समयदेखि ब्रिटिश औपनिवेशमा रहेको छ। रोड्री र मोराटाको उक्त हर्कदप्रति जिब्राल्टर फुटबल महासंघले युइएफएमा औपचारिक उजुरी दर्ता गरेको थियो ।
रोड्री म्यानचेस्टर सिटीका सेन्टर मिडफिल्डर हुन् र युरो कपमा प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका थिए। मोराटा स्पेनका कप्तान थिए। हालै उनी एट्लेटिको मड्रिडबाट एसी मिलानमा सरेका छन्।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)