संकटाको दोस्रो जित
सोमबार, २१ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। संकटा क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा दोस्रो जित हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्पलेक्समा सोमबार जावलाखेल युथ क्लबविरुद्ध संकटाले २–० को जित निकालेको हो।
जितसँगै संकटाले सात खेलमा ९ अंक जोडेको छ । जावलाखेलको समान खेलबाट पाँच अंक छ ।
२२औं मिनेटमा सबिनकुमार लुंगेली मगरको गोलमार्फत संकटाले सुरुआती अग्रता लिएको थियो । निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा दिवश राईले गोल गर्दै संकटालाई २–० को जित दिलाए ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)