रेखाले युएई प्रो लिग खेल्ने
सोमबार, २१ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर रेखा पौडेलले युएई प्रो लिग खेल्ने भएकी छन्। उनलाई आवुधावी काउन्ट्री क्लबले अनुबन्ध गरेको हो।
उनीसँग एक वर्षको सम्झैता गरिएकाे छ। उनी आइतबार संयुक्त अरब इमिरेट्स (युएई) पुगेकी थिइन्। मेडिकल पास भएसँगै उनीसँग सम्झैता गरिएको छ।
योसँगै उनले एएफसी च्याम्पियन्स लिग आवुधावी काउन्ट्री क्लबबाटै खेल्ने छिन्। आवुधावी काउन्ट्री क्लबले पश्चिमी एसियाबाट च्याम्पियन्स लिग खेल्ने तय छ।
आवुधावी काउन्ट्री क्लब युएई प्रो लिगको डिफेन्डिङ च्याम्पियनसमेत हो।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)