चर्च ब्वाइजको टोली घोषणा
आइतबार, २० श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणका लागि टोली घोषणा गरेको छ।
क्लबले सामाजिक सञ्जालमार्फत अनन्त तामाङको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेको जानकारी दिएको हो।
‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइजले दशरथ रंगशालामा साउन २९ गते भुटानको पारो एफसीको सामना गर्दैछ ।टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन र सहायक प्रशिक्षकमा रमेश दंगाल छन् ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)