डुरान कप : आर्मीको हार
शुक्रबार, १८ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मीले डुरान कपको पहिलो खेलमा पराजय बेहोरेको छ।
जवाहरलाल नेहरू स्टेडियममा शुक्रबार भएको खेलमा आर्मी आई लिग क्लब सिलोङ लाजोङ एफसीसँग १-० गोलअन्तरले पराजित भएको हो।
सिलोङको जितमा वादाजीद किन्साइ रिङ्ख्लेमले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको सातौं मिनेटमा गोल गरेका थिए।
जितसँगै समूह ‘एफ’ मा रहेको सिलोङले तीन अंक जोडेको छ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)