चर्च ब्वाइजमा टुम
शुक्रबार, १८ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौ। चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणका लागि घानाका फरवार्ड मोसेस ग्याबाह टुमलाई अनुबन्ध गरेको छ।
क्लबले सामाजिक सञ्जालमार्फत उनलाई अनुबन्ध गरेको जानकारी दिएको हो। टुम चर्च ब्वाइज भित्रिने तेस्रो विदेशी खेलाडी हुन्। क्लबले यसअघि रक्षक किरम ओमोलाजा नुरेन र मिडफिल्डर पिटरलाई अनुबन्ध गरेको थियो।
टुमले विभागीय टोली नेपाल पुलिस क्लबबाट ‘ए’ डिभिजन लिग खेलेका थिए। उनीसँग पोखरा थन्डर्सबाट नेपाल सुपर लिग (एनएसएल) खेलेको अनुभव पनि रहेको छ।
चर्च ब्वाइजले दशरथ रंगशालामा साउन २९ गते भुटानको पारो एफसीको सामना गर्दैछ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)