आर्मी र सिलोङ भिड्दै

काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मीले एसियाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता डुरान्ड कपमा आई लिग क्लब सिलोङ लाजोङ एफसीसँग प्रतिस्पर्धा गर्दैछ।
समूह ‘ए’ मा रहेका यी दुई टोलीको खेल जवाहरलाल नेहरू स्टेडियम अपरान्ह्र ४:१५ बजे हुनेछ। डुरान्ड फुटबल टुर्नामेन्ट सोसाइटी र भारतीय फुटबल महासंघ (एआइआइएफ)को आयोजनामा हुने प्रतियोगिताको समूह ‘एफ’ मा आर्मीसँगै इन्डियन सुपर लिग (आइएसएल) टोली एफसी गोवा, हैदराबाद एफसी र आई लिग क्लब सिलोङ लाजोङ एफसी रहेका छन्।
सिलोङबाट गत सिजन नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर एरिक विष्टले खेलेका थिए। अहिले उनी चर्च ब्वाइज युनाइटेड फर्किसकेका छन्। उनले साउन २९ गते एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमा भुटानको पारो एफसीविरुद्ध खेल्नेछन्।
क्लबले एरिकसँग सम्झौता नवीकरण गरिसकेको छ। आर्मीले गत सिजन पनि यस प्रतियोगितामा सहभागिता जनाएको थियो। उक्त प्रतियोगितामा आर्मी चेन्नइयिन एफसीसँग ३–० र हैदराबादसँग ३–० ले पराजित भएको थियो। यस्तै, दिल्ली एफसीसँग भने १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)