फ्रान्समाथि क्यानडाको पुनरागमन जित
मंगलबार, १५ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। क्यानडाले पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलमा घरेलु टोली फ्रान्समाथि पुनरागमन जित हासिल गरेको छ।
सोमबार रााति सम्पन्न खेलमा क्यानडा २–१ ले विजयी भएको हो। लगातार दोस्रो जित निकाल्दै ६ अंक जोडेपनि क्यानडाको त्यो अंक गुमाउने छ। कोलम्बिया र फ्रान्सको तीन अंक छ । न्युजिल्यान्ड दुई खेल खेल्दा अंकविहीन छ।
खेलको ४२औं मिनेटमा काटोटोले गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएकी थिइन्।
तर, जेसी फ्लेमिङले ५८ र दोस्रो हाफको इन्ज्युरी समयको १२औं मिनेटमा भनेसा गिल्सले गोल गर्दै क्यानडालाई जित दिलाइन्।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)