इन्जुरी समयमा सम्हालिन नसक्दा जापानसँग ब्राजिल पराजित
सोमबार, १४ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। ब्राजिल पेरिस ओलम्पिक २०२४ को महिला फुटबलतर्फ दोस्रो खेलमा जापानसँग पराजित भएको छ।
पार्क डे प्रिन्सेसमा आइतबार राति भएको खेलमा जापानसँग ब्राजिल २–१ गोलले पराजित भएको हो।
जितसँगै जापानले दुई खेलबाट तीन अंक जोडेको। समान खेलबाट ६ अंक जोडेको स्पेन शीर्ष स्थानमा रहँदा पराजित ब्राजिल तेस्रो स्थानमा छ।
४५औं मिनेटमा मिना तानाकाले प्राप्त पेनाल्टीलाई सदुपयोग गर्न सकेकी थिइन्। ५६औं मिनेटमा जेनिफर डी सिल्भाले ब्राजिललाई सुरुआती अग्रता दिलाएकी थिइन्।
तर, दोस्रो हाफको इन्ज्युरी समयमा साकी कुमागाई र मोमोको तानिकावाले गोल गर्दै जापानलाई जित दिलाइन्।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)