नाइजेरियामाथि स्पेनको जित
सोमबार, १४ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। एलेक्सिया पुटेलासको निर्णायक गोलसँगै स्पेनले पेरिस ओलम्पिक २०२४ को महिला फुटबलको क्वार्टरफाइनल सम्भावना बलियो बनाएको छ।
आइतबार राति भएको खेलमा नाइजेरियालाई १–० ले हराउँदै स्पेन नकआउट चरणमा सम्भावना बलियो बनाएको हो।
पुटेलासले खेलको ८५औं मिनेटमा गोल गरेकी थिइन्। जितसँगै स्पेनले दुई खेलबाट ६ अंक जोडेको छ।
समान खेलबाट तीन/तीन अंक जोडेको जापान र ब्राजिल क्रमश: दोस्रो र तेस्रो स्थानमा छन्। अब स्पेनले अन्तिम खेल ब्राजिलसँग खेल्नेछ। अंकविहीन नाइजेरिया भने अन्तिम खेलअगावै प्रतियोगिताबाट बाहिरिएको छ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)