दुईपल्टको अग्रतालाई उल्टाएको एनआरटी
आइतबार, १३ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। दुईपल्टको अग्रता जोगाउन नसक्दा संकटा क्लबले एन्फा यु-१८ युथ लिगमा न्युरोड टिम (एनआरटी) सँग अंक बाँडेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न पहिलो खेलमा दुवै टोलीले २-२ गोलको बराबरी खेलेका हुन्।योसँगै एनआरटीले पाँच खेलबाट १० अंक जोडेको छ। समान खेल खेलेको संकटाको तीन अंक छ।
पाँचौं मिनेटमा कृष्णबहादुर आलेले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाए। तर, संकटाको त्यो अग्रता लामो समय भने टिक्न सकेन। त्यसको तीन मिनेटपछि नै कप्तान विज्ञान खड्काले एनआरटीलाई बराबरीमा ल्याए।
२६औं मिनेटमा अनिश थापामगर गोल गर्दै संकटालाई पुन: अग्रता दिलाए। तर, ६७औं मिनेटमा सन्तोष गोन्ग्बाले गोल गर्दै संकटाबाट एक अंक खोसे।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)