रोहित आबद्ध टोरेन्टोको लगातार दोस्रो जित
आइतबार, १३ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका कप्तान आबद्ध टोरन्टो नेसनल्सले ग्लोबल टी-२० क्यानडा क्रिकेट लिगमा लगातार दोस्रो जित हासिल गरेको छ।
आइतबार बिहान सम्पन्न खेलमा टोरेन्टोले ब्राम्पटन वुल्भ्सलाई आठ विकेटले पराजित गरेको हो। यसअघि टोरेन्टोले भ्यानकुभर नाइट्सलाई पनि आठै विकेटले पराजित गरेको थियो।
पहिलो खेल भिसाका कारण गुमाएका रोहितले दोस्रो खेलमा ब्याटिङ भने गर्न पाएनन्। ब्राम्पटनले दिएको १११ रनको लक्ष्य टोरेन्टोले १३.२ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो।
टोरेन्टोका उन्मुक्त चन्दले अविजित रहँदै सर्वाधिक ५३ रन बनाए। निकोलस किर्टन ६ रनमा अविजित रहँदा कोलिन मुनरो ११ र भान डेर डुसन २५ रनमा आउट भए।









