पेरिस ओलम्पिकमा चीनलाई पहिलो स्वर्ण
शनिबार, १२ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। पेरिस ओलम्पिकमा चीनले पहिलो स्वर्ण जितेको छ।
मिक्स टिम १० मिटर एयर राइफलको फाइनलमा सेङ लिहाओ र हुआङ युतिङको जोडीले दक्षिण कोरियाका केयुम जी–हेयोन र पार्क हा–जुनको जोडीलाई १६–१२ ले पराजित गर्दै स्वर्ण जितेको हो।










