भारत नवौं पटक एसिया कपको फाइनलमा
शुक्रबार, ११ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं । भारत नवौं पटक एसिसी महिला ट्वान्टी२० एसिया कपको फाइनल प्रवेश गरेको छ।
रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार बंगलादेशमाथि १० विकेटको फराकिलो जित निकाल्दै भारत फाइनल गरेको हो।
बंगालदेशले दिएको ८१ रनको लक्ष्य भारतले ११ ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गरेको हो। भारतका स्मृति मन्धनाले ५५ र सफाली वर्माले २६ रन बनाइन्।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ८० रन बनाएको थियो।
बंगलादेशका कप्तान नगर सुल्तानाले ३२ र स्वर्णा अख्तरले १९ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
भारतका रेनुका सिंह र राधा यदावले समान तीन विकेट लिए। पूजा वस्त्राकर र दिप्ती शर्माले समान एक विकेट लिए।









