सातदोबाटो पहिलो जित
शुक्रबार, ११ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। सातदोबाटो युथ क्लबले एन्फा यु-१८ युथ लिगमा पहिलो जित हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मा शुक्रबार सम्पन्न दिनको पहिलो खेलमा सातदोबाटोले शीर्ष स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबलाई २-० गोलअन्तरले पराजित गरेको हो।
जितसँगै सातदोबाटोले चार खेलबाट चार अंक जोडेको छ। समान खेलबाट मनङको भने नौ अंक रहेको छ।
खेलको १३औं मिनेटमा सोनम छिरिङ गुरुङले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए। ७२औं मिनेटमा प्रज्वल कार्कीले गोल गर्दै टोलीलाई २-० को सहज जित दिलाए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)