चर्च ब्वाइजसँग आर्मी पराजित
बिहिबार, १० श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। चर्च ब्वाइज युनाइटेडले एन्फा यु-१८ युथ लिगमा बिहीबार विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा चर्च ब्वाइज २-० गोलले विजयी भएको हो।
दोस्रो जितसँगै चर्च ब्वाइजले चार खेलमा सात अंक जोडेको छ। तेस्रो पराजय ब्यहोरेको आर्मीको समान खेलबाट एक अंक छ।
७३औं मिनेटमा दावाछिरिङ लामाले चर्च ब्वाइजले सुरुआती अग्रता दिलाएका थिए।
निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा शिशिर यस्मालीले गोल गर्दै चर्च ब्वाइजलाई २-० को सहज जित दिलाए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)