शीर्ष स्थानमा उक्लियो मनाङ
मंगलबार, ०८ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। जावलाखेल युथ क्लबलाई पराजित गर्दै मनाङ मर्स्याङदी क्लब एन्फा यु–१८ युथ लिगको शीर्ष स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको दिनको दोस्रो खेलमा मनाङ १–० गोलअन्तरले विजयी भएको हो।
जितसँगै मनाङले तीन खेलबाट नौ अंक जोड्यो। जावलाखेलको समान खेलमा दुई अंक रहेको छ। मनाङका सुजन डंगोलले दोस्रो हाफको सुरुमा गरेको गोल नै खेलमा निर्णायक बन्यो।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)