क्रोएसिया फर्किए राकिटिच
मंगलबार, ०८ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। साउदी प्रो लिग क्लब अल–शबाबले सम्झौता तोडेपछि मिडफिल्डर इभान राकिटिच क्रोएसिया फर्किएका छन्।
सन् २०२४ को जनवरीमा अल–शबाबमा उनी अनुबन्ध भएका थिए। ३६ वर्षीय राकिटिचले आठ खेलमा एक गोल गरेका थिए।
'क्लब व्यवस्थापनले क्रोएसियाका खेलाडी इभान राकिटिचसँग आपसी सहमतिमा दुई पक्षबीचको सम्झौता अन्त्य गर्न सहमति जनाएको छ,' साउदी क्लबले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको छ।
क्रोएसियाली क्लब हाजदुक स्प्लिटले बार्सिलोना र सेभियाका पूर्वमिडफिल्डरलाई एक सिजनका लागि अनुबन्ध गरेको छ।
स्विट्जरल्यान्डमा जन्मिएका राकिटिचले क्रोएसियाका लागि १०६ खेल खेल्दै १५ गोल गरेका छन्। सन् २०१८ को विश्वकपको क्रोएसियालाई फाइनलसम्म पुर्याएका थिए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)