टी ट्वान्टी महिला विश्वकपमा १६ टोली
सोमबार, ०७ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। सन् २०३० को ट्वान्टी–२० महिला विश्वकपमा १६ टोलीलाई सहभागिता गराइने भएको छ।
श्रीलंकास्थित कोलम्बोमा बसेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को बोर्ड बैठकले उक्त निर्णय गरेको हो। गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकपमा १० टोलीले सहभागिता जनाएका थिए।
यसै वर्ष बंगलादेशमा हुनेमा विश्वकपमा पनि १० टोलीले सहभागिता जनाउने छन्। त्यस्तै, सन् २०२६ मा इङ्ल्यान्डमा हुने विश्वकपमा १२ टोलीले सहभागिता जनाउने छन् भने २०३० हुने विश्वकपमा १६ टोलीले सहभागिता जनाउने छन्।









