यू–१७ टोलीको गोलकिपिङ प्रशिक्षकमा प्रविण
आइतबार, ०६ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रविण श्रेष्ठलाई यू–१७ टोलीको गोलकिपिङ प्रशिक्षकमा नियुक्त गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फा महासचिव किरण राईले आइतबार उनलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन्।
एन्फाले यसअघि नै सनोज श्रेष्ठलाई राष्ट्रिय यू–१७ टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। श्रेष्ठले साफ यू–१७ च्याम्पियनसिप २०२४ र एएफसी यू–१७ एसियन कप छनोटका लागि टोलीलाई हेर्ने एन्फाले बताएको छ।
त्यस्तै सहायक प्रशिक्षकमा धनेश्वर प्रजापति नियुक्त भइसकेका छन्।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)