लेभरकुजनमा मार्टिन
आइतबार, ०६ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। बुन्डेसलिगा च्याम्पियन्स बायर लेभरकुजनले फ्रेन्च फरवार्ड मार्टिन टेरियरलाई अनुबन्ध गरेको छ।
लिग वान क्लब स्टेड रेनेसबाट लेभरकुजन उनलाई भित्र्याएको हो। उनीसँग पाँच वर्षको सम्झौता गरिएको छ।
२७ वर्षीय टेरियरले रेनेसमा चार सिजन बिताएका उनले क्लबलाई पहिलो पटक च्याम्पियन्स लिगमा छनोट गराउन सहयोग गरेका थिए।
टेरियरले लिल, स्ट्रासबर्ग, लियोन र रेनेसका लागि २०२ लिग खेलमा ६० गोल गरेका छन् र २४ असिस्ट गरेका छन्।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)