युनाइटेडमा १८ वर्षीय योरो
शुक्रबार, ०४ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। म्यानचेस्टर युनाइटेडले फ्रान्सेली डिफेन्डर लेनी योरोलाई अनुबन्ध गरेको छ।
युनाइटेडले सन् २०२९ को जुनसम्मका लागि १८ वर्षीय खेलाडीलाई अनुबन्ध गरेको जनाएको छ । बेलायती सञ्चारमाध्यमका अनुसार युनाइटेडले उनलाई भित्र्याउन लिललाई ६ करोड २० लाख युरो (५ करोड २२ लाख पाउण्ड) दिएको छ।
योरोले भनेका छन्, 'कद र महत्वाकांक्षा भएको क्लबमा अनुबन्धित हुनु मेरो करियरको अविश्वसनीय सम्मान हो ।' योरोले मे २०२२ मा लिलका लागि आफ्नो व्यावसायिक डेब्यू गरेका थिए। उनले ४६ लिग वानका खेल खेलेका छन्।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)